सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै निश्चित समयका लागि कर्फ्यु खुकुलो बनाइएको हो ।
प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुकुलो बनाउने वा पुनः लागू गर्नेबारे आवश्यक निर्णय गरिने जनाएको छ ।
कर्फ्यु खुकुलो भएको अवधिमा गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा सहजीकरण गरिनेछ । तर, पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला नहुन प्रशासनले सर्वसाधारणसँग आग्रह गरेको छ ।
सुनसरीको घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश जारी गरिएको थियो । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाएको जनाएको छ ।

















प्रतिक्रिया