काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले एबी मलमा आगजनी गरेका छन्।
प्रदर्शन उग्र बन्दै जाँदा गोलबजारस्थित सिरहा सुपरमार्केटदरा संचालित एबी मलमा आगो लगाइएको हो। आगजनीसँगै क्षेत्रमा तनाव थप बढेको छ भने प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।
यसअघि आजै गोलबजारमै प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर करिब १९ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। त्यसपछि प्रदर्शन थप उग्र बनेको हो।
सुनसरी घटनाको विरोधमा सुरु भएको आन्दोलन सिरहासहित मधेसका विभिन्न जिल्लामा फैलिँदै गएको छ। सिरहाका विभिन्न क्षेत्रमा प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि केही स्थानमा प्रदर्शन, आगजनी र तोडफोडका घटनाहरू भएका छन् ।

















प्रतिक्रिया