काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघले सोमबारका लागि सुनको मूल्य प्रति १० ग्राम २ लाख ४३ हजार ४८५ रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३५ रुपैयाँले वृद्धि भई ४ हजार ३५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति १० ग्राम ३ हजार ७३० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढाव र विदेशी विनिमय दरका आधारमा नेपाली बजारका लागि दैनिक रूपमा सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ ।

















प्रतिक्रिया