१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै



दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् ।

प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार एकैदिन एक हजार २८५ जनाले स्वास्थ्य सेवा लिएका हुन् । यो सङ्ख्या प्रतिष्ठान स्थापनायता एकैदिन सेवा लिने बिरामीमध्ये सबैभन्दा धेरै भएको जनाइएको छ ।

प्रतिष्ठानका अनुसार एक हजार १८० जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ५१ जनाले आकस्मिक सेवामार्फत उपचार गराएका छन् । साथै, ५४ जना नयाँ बिरामी अस्पतालमा भर्ना भएका छन् ।

आकस्मिक सेवाबाट उपचार गराउनेमध्ये २६ जना पुरुष र २५ जना महिला छन् । यस्तै, ओपिडीमा ४३५ पुरुष र ७४५ महिला उपचारका लागि आएका थिए । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत ४४६ जनाले सेवा लिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका निर्देशक डा सुरेश रसाइलीले बिरामीको बढ्दो चापले प्रतिष्ठानप्रतिको जनविश्वास बढ्दै गएको सङ्केत गरेको बताए । विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मी, आधुनिक स्वास्थ्य उपकरण तथा सेवा विस्तारका कारण दाङसहित छिमेकी जिल्लाबाट पनि ठूलो सङ्ख्यामा बिरामी उपचारका लागि प्रतिष्ठान आउने गरेको उनको भनाइ छ ।

बिरामीको चाप बढे पनि चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीले निरन्तर सेवा प्रवाह गरिरहेको र सहज, प्रभावकारी तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक व्यवस्थापनलाई थप सुदृढ बनाइएको प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ८ : १६ बजे

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्