१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना



सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार आज र बिहीबारसम्म प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यमदेखि वर्षा हुने सम्भावना रहेको छ ।

कार्यालय प्रमुख इन्जिनियर सञ्जयकुमार साहले आगामी बिहीबारसम्म सामान्यतया मौसम बदली रही तराई तथा पहाडी क्षेत्रमा मध्यम र हिमाली क्षेत्रमा हल्का वर्षा हुने पूर्वानुमान रहेको बताए ।

“लगातार भन्दा पनि बिहीबारसम्म छिनछिनमा पानी पर्ने र घाम लाग्ने हुनसक्छ । यस अवधिमा प्रदेशका सबै तराई, पहाड र हिमाली क्षेत्रमा मौसम बदली भइरहने अनुमान छ, तर भारी वर्षाको सम्भावना कमै छ”, उनले भने, “तपापि नदी तटीय क्षेत्र, डुबान हुने होचा स्थानमा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक छ ।”

उनका अनुसार आज दिउँसो प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

पहाडी क्षेत्रमा भने साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली हुने र केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

हिमाली क्षेत्रमा आज राति साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने र पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम र तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागद्वारा जारी बुलेटिनमा उल्लेख छ ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  १० : ४२ बजे

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा