१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्ने भएका छन् ।

बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका, वित्तीय बजारको वर्तमान अवस्था तथा सुधारका सम्भावित उपायबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले वाणिज्य बैंकका सिइओहरूलाई छलफलका लागि बोलाएका हु ।

मन्त्रालयमा आज दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुनेछन्।

छलफलमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने उपाय, बैंकिङ क्षेत्रका समसामयिक चुनौती, निजी क्षेत्रको कर्जा प्रवाह, लगानीको वातावरण तथा वित्तीय प्रणालीलाई थप चलायमान बनाउने विषयमा समेत विचार–विमर्श हुने अपेक्षा गरिएको छ।

अर्थमन्त्रीको सचिवालयले बैंकिङ क्षेत्रसँग नियमित संवादलाई निरन्तरता दिने नीति अनुरूप उक्त छलफल आयोजना गरिएको जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ११ : ३१ बजे

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै