१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

आज आकस्मिक बाढीको मध्यम जोखिम



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३० जिल्ला भएर बग्ने स–साना नदी तथा खोलामा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, सङ्खुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकका खोलामा पानीको बहाव बढने अनुमान छ ।

त्यस्तै काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङ, बाँके, जाजरकोट, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी तथा आसपासका जिल्ला भएर बहने स–साना नदीमा पनि पानीको बहाव बढ्ने सम्भावना छ ।

महाशाखाले ती क्षेत्रका नदी तटीय तथा होचा भूभागका बासिन्दालाई सतर्क रहन, मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

विभागका बाढीविद् विनोद पराजुलीले स्थानीय तह तथा सम्बन्धित निकायलाई नदीको अवस्थाको निरन्तर निगरानी बढाउन, समुदायलाई समयमै सूचना प्रवाह गर्न तथा आवश्यक पूर्वतयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०८३, मंगलबार  ११ : ३४ बजे

प्रधानमन्त्रीद्वारा सुदूरपश्चिमका सांसदसँग छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सत्तारुढ दल राष्ट्रिय

राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राष्ट्र बैंकलाई थप सक्रिय

आज आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशका ३०

अर्थमन्त्री वाग्लेले आज २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौं । काठमाडौं उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै