४ आश्विन २०८३, आइतबार | September 20, 2026

देउवा साउन २६ मा स्वदेश फर्किने



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते स्वदेश फर्किने भएका छन्।

उपचारका क्रममा हङकङमा रहेका देउवा सोही दिन राति करिब ९ः४५ बजे काठमाडौं आइपुग्ने तयारी रहेको उनीनिकट नेताहरूले बताएका छन्।

देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए। त्यसपछि थप उपचारका लागि ७ चैतमा हङकङ प्रस्थान गरेका थिए। उपचारका क्रममा विदेशमै रहेका उनले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सम्बन्धित निकायलाई पत्राचार गर्दै साउनभित्रै स्वदेश फर्किने जानकारी गराइसकेका छन्।

देउवाको स्वदेश फिर्तीसँगै नेपाली कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधि पनि थप सक्रिय हुने देखिएको छ । देउवा पक्षले पूर्वमहामन्त्री डा। शशांक कोइरालाको संयोजकत्वमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको छ।

तर, स्वदेश फर्किएलगत्तै देउवा उक्त भेलामा प्रत्यक्ष सहभागी हुने वा नहुने विषयमा भने हालसम्म कुनै निर्णय सार्वजनिक भएको छैन।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ४ : ५० बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन