२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते



बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा शुक्रबार भएको गोली हानाहानमा कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य १५ जना विद्यार्थी घाइते भएको आन्तरिक उप मन्त्री पोलापी सुवुन्चवीले बताउनुभएको छ ।

नोन्थाबुरी प्रान्तको उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले स्थानीय प्रसारणकर्ता थाई पिबिएसलाई बताउनु भएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै गरिएको स्थानीय मिडिया रिपोर्टका अनुसार बन्दुकधारीलाई किशोर अवस्थाका विद्यार्थीका रूपमा पहिचान गरिएको थियो घटनामा भने उनको मृत्यु भएको पनि रिपोर्ट गरिएको थियो ।

केही रिपोर्टहरूले प्रहरी अधिकारीहरूले संदिग्धलाई गोली हानेर मारेको पनि बताएका छन् भने कतिपयले आत्महत्या गरेको पनि उल्लेख गरेका छन् ।

प्रधानमन्त्री अनुतिन चार्नविराकुलले बैङ्ंककको सरकारी निवासमा आयोजित पत्रकार सम्मेलनमा यो निकै भयानक घटना भएको र यस्तो कहिल्यै हुनु नहुने बताउनु भएको छ ।

पोलापीले संदिग्ध विद्यार्थीले हाते बन्दुक प्रयोग गरेर घटना घटाएको जनाउदै विद्यार्थीले यो कसरी प्राप्त गरे भन्ने बारे आन्तरिक मन्त्रालयले अनुसन्धान गरिरहेको बताउनु भएको छ ।

स्थानीय मिडियाले प्रकाशित गरेको तस्बिरहरूमा संदिग्ध विद्यार्थीले बैजनी रङ्को स्कूलको ड्रेस लगाएको र कालो ब्याग बोकेको देखिन्छ, जसमा जमिनमा धेरै गोलीका दागहरू देखिन्छन् ।

घटनाको समयमा नोन्थाबुरीको देबसिरिन नोन्थाबुरी स्कूल नजिकैको ट्राफिक लगभग ठप्प भएको एएफपीले जनाएको छ भने स्थानीय मिडियाले घटना पछि विद्यार्थीका आमाबाबुले आफ्ना बच्चाहरूलाई उठाउँदै गरेको रिपोर्ट गरेका छन् ।

थाइल्यान्डमा यस क्षेत्रमा बन्दुकको स्वामित्वको उच्चतम दरमा रहेको जनाइएको छ भने लगभग एक करोड बन्दुकहरू प्रचलनमा रहेको अनुमान गरिएको छ ।

यसअघि थाई प्रहरीले गत फेब्रुअरीमा देशको दक्षिणमा रहेको एक स्कुलमा गोली चलाएर घटना गटाएको किशोर शूटरलाई गोली हानेर पक्राउ गरेको थियो, जसमा विद्यालयका प्रिन्सिपलको मृत्यु भएको थियो भने दुई विद्यार्थी घाइते भएका थिए ।

किशोरले गोली हानाहानमा प्रहरी अफिसरको हतियार प्रयोग गरेको जनाइएको थियो ।

एक स्थानीय प्रहरी प्रमुखले संदिग्धलाई डिसेम्बरमा मानसिक उपचारका लागि अस्पतालमा भर्ना गरिएको र उपचार पछि डिस्चार्ज गरिएको बताउनुभएको छ ।

किशोरले एक प्रहरी अधिकारीलाई छुरीले हानेर उनको हतियार ९–एमएम पिस्तौल–घटनाभन्दा अघि चोरेर यसलाई आक्रमण गर्न प्रयोग गरेको अनुसन्धानबाट खुलेको थियो ।

सन् २०२२ मा बन्दुक र चक्कु लिएर देशको उत्तरमा रहेको नर्सरीमा प्रवेश गरेका एकजना पूर्व प्रहरी अधिकारीले २४ जना बालबालिका र १२ जना वयस्कको हत्या गरेका थिए, जुन थाइल्यान्डको सबैभन्दा घातक नरसंहारमध्ये एक थियो ।

प्रकाशित मिति : २२ श्रावण २०८३, शुक्रबार  १२ : ४० बजे

उद्योग वाणिज्य संघको निर्वाचनमा दलगत प्रतिस्पर्धा नगर्ने सहमति

नेपालगन्ज । बिगत लामो समयदेखि दलगत व्यवसायिक संगठनबाट छुट्टाछुट्टै प्यानल

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने