२४ श्रावण २०८३, आइतबार | August 9, 2026

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । बैठकमा पार्टीभित्रको संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेला, आगामी महाधिवेशन तथा पार्टीको आधिकारिकतासम्बन्धी सर्वोच्च अदालतको पछिल्लो निर्णयलगायत विषयमा छलफल हुने जनाइएको छ ।

बैठक कम्तीमा दुई दिनसम्म चल्ने बताइएको छ । संस्थापन इतर समूहले यही साउन २९ गते राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेपछि कांग्रेसले त्यस विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।

पार्टी नेतृत्वले आपसी एकताका लागि ठोस पहल नगरेको भन्दै संस्थापन इतर समूहले नयाँ दल गठन गरेर अघि बढ्ने तयारी गरिरहेको थियो । तर, सर्वोच्च अदालतले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा पुनरावलोकनको बाटो खुला गरेपछि इतर पक्ष केही पछि हटेको बताइएको छ ।

बैठकमा पार्टीभित्र देखिएको असन्तुष्टि समाधान, संगठनात्मक एकता कायम गर्ने उपाय तथा आगामी महाधिवेशनको तयारीका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८३, आइतबार  ९ : ०८ बजे

आदिवासी जनजातिको अधिकारको संघर्ष अझ सशक्त बनाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम । माङसेबुङ गाउँपालिका-२ का किसान देशराज लिम्बूले गत वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौं । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई