२५ आश्विन २०८३, आइतबार | October 11, 2026

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक अवस्था अत्यन्तै संवेदनशील रहेको भन्दै राष्ट्रिय एकता कायम गर्न कांग्रेसका नेता–कार्यकर्ताले सजग भएर भूमिका खेल्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा सुरु कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै देउवाले लोकतन्त्रलाई सुदृढ गर्दै मुलुकलाई सही दिशामा अघि बढाउन कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले इतिहासबाट पाठ सिकेर स्पष्ट गन्तव्य पहिल्याउन सके मात्रै सही बाटोमा अघि बढ्न सकिने धारणा राखे । ‘हामीले हाम्रो इतिहासबाट पाठ सिकेर गन्तव्य पहिल्याउन सके मात्रै सही बाटो पहिल्याउन सकिन्छ,’ देउवाले भने ।

देश संवेदनशील अवस्थामा रहेको उल्लेख गर्दै उनले कांग्रेसका सम्पूर्ण नेता–कार्यकर्तालाई जिम्मेवार र सजग भएर राष्ट्रिय एकता कायम गर्ने भूमिकामा उभिन आग्रह गरे ।

‘संवेदनशील अवस्थामा नेपाली कांग्रेसका सबै साथीहरूले सजग भएर राष्ट्रिय एकता कायम गर्न र लोकतन्त्रलाई सुदृढ गर्ने भूमिका खेल्नुपर्ने हुन्छ,’ उनले भने ।

पछिल्लो समय समाजमा निराशा बढ्दै गएको उल्लेख गर्दै देउवाले त्यसलाई आशामा बदल्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए । लोकतन्त्रको पक्षमा सबैभन्दा बलियो राजनीतिक शक्ति कांग्रेस भएकाले जनतामा भरोसा र आशा जगाउने काममा पार्टी अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।

‘समाजमा अहिले पनि निराशा देखिएको छ । निराशालाई आशामा बदल्नुपर्ने हुन्छ । यो दायित्व पनि सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी नेपाली कांग्रेसले लिनुपर्ने हुन्छ,’ देउवाले भने ।

उनले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा कांग्रेसभित्र एकता, लोकतन्त्रप्रतिको प्रतिबद्धता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ८ : २१ बजे

बुटवलको कालिकानगरबाट पुनः सञ्चालनमा आयो पवन मिष्ठान भण्डार

बुटवल । पवन मिष्ठान भण्डारले बुटवलबाट पुनः आफ्नो सेवा सञ्चालनमा

बूढीगण्डकी बाढी : गोरखाको जगतबाट ६ जनाको हवाई उद्धार

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको बाढीपछि पहिरोको जोखिममा

बुढीगण्डकीको बाढीले त्रिशूलीमा जोखिम बढ्यो, बेनीघाटसम्म अति उच्च जोखिम

काठमाडौं । बूढीगण्डकी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेपछि

सेनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौं । बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार

बूढीगण्डकीको बाढीले आरुघाट जोड्ने पक्की पुल बगायो, बजार खाली

काठमाडौं । बूढीगण्डकी नदीमा आइतबार बिहान आएको भीषण बाढीले गोरखाको