२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न



बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा नियोपोलीस युनिभर्सिटी पाफोस, साइप्रसको सहजीकरणमा साइप्रसमा उच्च शिक्षाका अवसर, शैक्षिक गुणस्तर तथा नेपाली विद्यार्थीहरूको सम्भावनाबारे अन्तरक्रिया तथा भेटघाट कार्यक्रम बिहीबार बुटवलमा सम्पन्न भएको छ ।

कार्यक्रममा साइप्रसमा उच्च शिक्षाप्रति बढ्दो आकर्षण, अन्तर्राष्ट्रिय मान्यता प्राप्त शैक्षिक प्रणाली, अनुसन्धानमुखी अध्ययन, आधुनिक शिक्षण पद्धति तथा अध्ययनसँगै प्राप्त हुने अन्तर्राष्ट्रिय अवसरबारे छलफल गरिएको थियो । सहभागी शैक्षिक परामर्श व्यवसायीहरूले नेपाली विद्यार्थीलाई गुणस्तरीय र विश्वसनीय शैक्षिक गन्तव्य छनोट गर्न आवश्यक सूचना तथा अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै ईक्यान रुपन्देहीका अध्यक्ष गोविन्द बस्नेतले विश्वस्तरीय शिक्षा प्राप्त गर्न चाहने नेपाली विद्यार्थीका लागि साइप्रस उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै गएको बताए । सही सूचना, पारदर्शी परामर्श र जिम्मेवार शैक्षिक सेवामार्फत विद्यार्थीलाई लाभान्वित गराउन ईक्यान प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

नियोपोलीस युनिभर्सिटी पाफोसका कन्ट्री म्यानेजर सुमन अधिकारीले विश्वविद्यालयले सञ्चालन गर्दै आएका शैक्षिक कार्यक्रम, अन्तर्राष्ट्रियस्तरको शिक्षण प्रणाली, अनुसन्धानका अवसर तथा नेपाली विद्यार्थीका लागि उपलब्ध सुविधाबारे जानकारी गराए । उनले गुणस्तरीय शिक्षा र अन्तर्राष्ट्रिय करियर निर्माणका लागि साइप्रस उपयुक्त गन्तव्य बन्दै गएको बताए ।

कार्यक्रम ईक्यान रुपन्देहीका सचिव उपेन्द्र यादवले सञ्चालन गरेका थिए भने कोषाध्यक्ष राम खरेलले स्वागत मन्तव्य राखेका थिए ।

ईक्यान रुपन्देहीले यस्ता अन्तरक्रियात्मक कार्यक्रममार्फत अन्तर्राष्ट्रिय विश्वविद्यालयसँगको सहकार्य विस्तार गर्दै नेपाली विद्यार्थीलाई विश्वसनीय, गुणस्तरीय तथा तथ्यमा आधारित शैक्षिक जानकारी उपलब्ध गराउने जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  १० : ४४ बजे

चौथो रुपन्देही खुला फुटसलमा पहिलो दिन १२ खेलहरु सम्पन्न

बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा

बेनी-जोमसोम र बेनी-दरवाङ खण्डमा रात्रिकालीन सवारी सञ्चालन बन्द

म्याग्दी । जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा

ईक्यान रुपन्देही र नियोपोलीस युनिभर्सिटी पाफोस साइप्रसबीच अन्तरक्रिया सम्पन्न

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देहीको आयोजना तथा

संवैधानिक इजलासको छनौटपूर्ण गठन एवं तोक आदेशले मुद्दा तोक्ने निर्णय सच्याउन नेपाल बारको माग

काठमाडौं । नेपाल बार एशोसिएसनले संवैधानिक इजलासको छनोटपूर्ण गठन र

देशको अवस्था संवेदनशील छ, कांग्रेसले राष्ट्रिय एकता र लोकतन्त्र सुदृढ गर्न भूमिका खेल्नुपर्छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले देशको वर्तमान राजनीतिक