३० श्रावण २०८३, शनिबार | August 15, 2026

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते



नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर सडक छेउमा पार्किङ गरिएको ईभी भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार बिहान करिब ८ः२५ बजे काठमाडौंबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बा।प्र।०८–००१ ख ००५२ नम्बरको बस टोखा–छहरे सडकखण्डअन्तर्गत थानाभञ्ज्याङमा रोकेर चालक तथा यात्रुहरू खाजा खान गएको समयमा अचानक आफैं गुडेको प्रहरीले जनाएको छ।

गुडेको बसले सडक अगाडि रोकिराखेको बाप्र०३–००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र ईभी भ्यान सडकबाट अन्दाजी ३०–४० मिटर तल भिरमा खसेका थिए।

दुर्घटनामा बसमा सवार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की ५४ वर्षीया कृष्णमाया प्रजापती डंगोल र रामेछापको ठाडादेवी गाउँपालिका–२ की ६५ वर्षीया उदयमाया खत्रीको मृत्यु भएको छ। उनीहरूलाई उपचारका लागि काठमाडौंस्थित ग्रिनसिटी अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २५ वर्षीया सुजता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया सर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।

घाइते तीनै जनाको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। पोखरेलको दाहिने हात, श्रेष्ठको बायाँ हात तथा ज्ञानु श्रेष्ठको टाउको र ढाडमा चोट लागेको बताइएको छ।

दुर्घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय नुवाकोटले बस चालक काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का ४५ वर्षीय सिताराम आचार्यलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बस रोकेर चालक तथा यात्रुहरू खाजा खान गएको अवस्थामा दुर्घटना भएकाले बसमा सवार यात्रुको वास्तविक संख्या भने यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० श्रावण २०८३, शनिबार  १२ : ५१ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर