२० कार्तिक २०८३, शुक्रबार | November 7, 2026

उद्योग र विभिन्न केन्द्रमार्फत निगमको आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल



काठमाडौं । ग्यास विक्रेता महासंघ नेपालले उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासंघले आज एक विज्ञप्ति प्रकाशित गर्दै तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेता मार्फत मात्रै बिक्री वितरण सहज गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेको विज्ञप्तिमा प्रभावकारी वितरण च्यानल -विक्रेतारडिलर) पन्छाएर उद्योग र विभिन्न केन्द्रमार्फत आफैं ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक सास्ती खेप्नुपरेको ठहर गरिएको छ ।

एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कातिर अनुगमनको बहानामा दुःख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको विज्ञप्तिमा उल्लेख छ । सम्बन्धित निकाय नेपाल आयल निगम, वाणिज्य मन्त्रालय र सरकारले वास्तविक समस्या समाधान गर्नुको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको महासंघको आरोप छ ।

‘सरकार, उद्योग र बिक्री केन्द्रका नामबाट आफैं ग्यास बिक्री गर्ने, अनि अनुगमनका नाममा आम विक्रेतालाई अनावश्यक दुःख दिने सरकारी रवैयाप्रति ग्यास विक्रेता महासंघ घोर आपत्ति प्रकट गर्दछ,’ महासंघबाट जारी विज्ञप्तिमा लेखिएको छ ।

डिलरमार्फत वितरण प्रणाली मिलाए मात्र उपभोक्ताले पाइरहेको सास्ती अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासंघको दाबी छ ।

यसका साथै विगत चार महिनामा करिब ६० हजार टन ग्यास कम आयात भएको तथ्यांक पनि महासंघले सार्वजनिक गरेको छ । बजारमा आवश्यकता भन्दा बढी -करिब ८० लाख) नयाँ सिलिन्डर छरिएकाले पनि अहिलेको स्थिति उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।

अहिले पनि नयाँ सिलिन्डर बिक्री नरोकिएको भन्दै महासंघले यसलाई तत्काल नियन्त्रण नगरिए आगामी वर्षहरूमा ग्यास अभावको समस्या झन् विकराल बन्ने निश्चित रहेको चेतावनी दिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १ : ४८ बजे

चाडपर्वको समयमा अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्छ : प्रहरी महानिरीक्षक केसी

काठमाडौँ । प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले तिहार, छठलगायत चाडपर्वहरूको

माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीद्धारा सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष रोशन के.सीले पद तथा

काठमाडौं २४ घण्टा खुलाउने तयारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेलमात्र नभई समग्र काठमाडौंलाई

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थन फिर्ता

जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री हुनुभएका

नेपाल सरकार र टिकटक प्रतिनिधिबीच सहकार्यका विषयमा उच्चस्तरीय छलफल

काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र टिकटकका सरकारी