२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा



चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका छन् ।
चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले उद्योगले राजधानीमा एलपी ग्यास पठाउन दैनिक १४ घण्टा बोटलिङको काम गरिरहेका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीले चितवनको बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को जानकी र धनुषाको नेपाल ग्यास, नारायणीले दैनिक दुई सिफ्टमा १५ हजार सिलिन्डर बोटलिङ गरिरहेको जानकारी दिए । उक्त प्लान्टले २४ वटा बोटलिङ उपकरणबाट एक मिनेटमा २४ सिलिन्डर भरिरहेका छन् ।
धनुषाको नोबेल, बाराको वान (एनएल), जगदम्बा, लियो, अम्बर ग्यास, पर्साको सुप्पर, मनोज, मकवानपुरको साहरा ग्यास र नवलपरासीको चन्डेश्वरी ग्यासले बोटलिङ गराएर सिलिन्डर उपत्यका पठाइरहेका छन् ।
उक्त उद्योगले दैनिक १० हजार हाराहारी सिलिन्डर भरेका छन् । तीमध्ये आधा स्थानीय बजारमा र बाँकी काठमाडौं पठाइरहेको बताइएको छ ।
कालाखेतीले ट्रक व्यवस्थापनदेखि बुलेटमा ग्यास मगाएर बोटलिङ गरेर बजार पठाउनेसम्मको काममा सबै उद्योगी लागिरहेको बताए ।
दैनिक उपत्यकामा ४० हजार सिलिन्डर माग हुने गरेकामा अहिले करिब एक लाख सिलिन्डरको माग रहेको छ । बुधबार ५३ हजार ४६९ सिलिन्डर पठाइएको थियो । यो सङ्ख्या दैनिक तलमाथि हुने गरेको छ ।
चितवनमा भरिएका सिलिन्डर हेटाँैडा हुँदै काठमाडौं पठाइएको छ । साँघुरो सडक र सवारीको उच्च चापसँगै बेलाबेलामा खस्ने पहिरोका कारण ढुवानी असहज हुँदा समस्या भइरहेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८३, शुक्रबार  १ : ५४ बजे

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

नयाँ दिल्ली । ब्रिक्स शिखर सम्मेलनका लागि नयाँदिल्लीमा कडा सुरक्षा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ७० अर्बको निक्षेप संकलन गर्दै

काठमाडौं । बैंकिङ प्रणालीमा रहेको थप तरलता व्यवस्थापन गर्न नेपाल

सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

प्रतिनिधिसभामा सांसदहरुको प्रश्न – पैसा नहुने आमाले सडकमै वच्चा जन्माउनुपर्ने हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले आमा सुरक्षा

चितवनबाट ग्यास सिलिन्डर धमाधम काठमाडौंमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका  सिलिन्डर धमाधम काठमाडौं पठाइरहेका