१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण



काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो ।

इण्डियन आयल कर्पोरेशन (आइओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए । नेपालमा मासिक करिब ४७ हजार मेट्रिकटन ग्यास खपत हुँदै आएको छ । हाल पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको पहिरोका कारण मुख्य सडक अवरुद्ध भएकाले वैकल्पिक व्यवस्थामार्फत तराईका उद्योगमा ग्यास रिफिल गरी काठमाडौँ उपत्यका तथा आसपासका जिल्लामा वितरण भइरहेको छ ।

यही भदौ १८ गतेदेखि २७ गतेसम्ममा वैकल्पिक मार्गहरु त्रिभुवन राजपथ तथा विपि राजमार्ग हुँदै ल्याइएका करिब तीन लाख ९९ हजार ५२९ वटा सिलिण्डर उपभोक्तालाई वितरण भइसकेको सहप्रवक्ता सुवेदीले जानकारी दिए । पछिल्लो १० दिनमा दैनिक औसत ४० हजार सिलिण्डर ग्यास उपत्यकामा बिक्री वितरण भइरहेको छ । अवरुद्ध राजमार्ग सञ्चालनमा नआएसम्म तराईका उद्योगमा ग्यास भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याएर बिक्री गरिने निगमले जनाएको छ ।

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको छ । बाटो सञ्चालनमा आएलगत्तै सोही रुटबाट एलपी ग्यासका बुलेटहरू नियमित रूपमा आउने छन् । काठमाडौँमा वितरण गर्ने उद्योगले आफ्नै उद्योगबाट ग्यास रिफिल गरी वजारमा पठाउन थालेपछि ग्यासको आपूर्ति सहज हुने विश्वास गरिएको छ ।

आपूर्ति व्यवस्थालाई थप प्रभावकारी बनाउन उच्चस्तरीय समन्वय टोली गठन गरिएको निगमले जनाएको छ । सरकारले ग्यास भरिएका सिलिण्डर लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्नेविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ । अनुगमनका क्रममा लुकाएको पाइएका करिब एक हजार २०० थान सिलिण्डर उपभोक्तालाई वितरण गरिएको छ भने अनियमितता गर्ने विक्रेतालाई जरिवाना गराइएको निगमले जनाएको छ ।

ग्यास सिलिण्डर बिक्री वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्रयाकिङ प्रणाली विकास गर्ने पहल पनि भइरहेको सहप्रवक्ता सुवेदीले जानकारी दिए ।

गत वर्षको तुलनामा ग्यासको आयात र बिक्री वृद्धि

गत वर्षको तुलनामा चालु आवको पहिलो दुई महिनामा ग्यासको आयात र बिक्री बढेको छ । गतवर्ष साउन र भदौको तुलनामा चालु आवको सोही अवधिमा करिब १२ लाख बढी सिलिण्डरको बजारीकरण भएको छ । २०८२ साउनमा ३१ लाख २१ हजार ४८ सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको सोही अवधिमा ४० लाख ३६ हजार ३६४ ग्यास बिक्री भएको छ ।

यस्तै गत वर्ष भदौमा ३३ लाख ५५ हजार ९६० सिलिण्डर ग्यास बिक्री भएकामा चालु आवको भदौको २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिण्डर ग्यास बजारमा पठाइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १० : ३६ बजे

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका

कांग्रेस सभापति थापाद्वारा विशेष बैठक आह्वान, सरकारका गतिविधिबारे छलफल हुने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले