२१ कार्तिक २०८३, शनिबार | November 8, 2026

२७ निर्माण कम्पनी कालोसूचीमा



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले २७ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक सुचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ११ : ३८ बजे

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६

सरकारले काम गरिरहेको छ, गौतमबुद्ध विमानस्थल चाँडै चल्छ : सांसद अग्रवाल

भैरहवा । प्रतिनिधि सभा सदस्य पुनमकुमारी अग्रवालले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत

सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा

यात्रु कुट्ने चालक र सह-चालक पक्राउ

बुटवल । मागेजती भाडा नदिएको निहुमा यात्रीमाथि कुटपिट गर्ने चालक