३ भदौ २०८३, बुधबार | August 19, 2026

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै


३ भदौ २०८३, बुधबार  

0
Shares

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ । परिसरको पुनर्निर्माण परम्परागत वास्तुशैलीमा भइरहेको छ ।

भद्रकाली काठमाडौंको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पुरानो मन्दिर हो । निर्माणमा नेवारी परम्परागत शैली अपनाइएको छ ।

विसं २०७२ को भूकम्पबाट मन्दिर परिसरका संरचनामा क्षति पुगेको थियो । विसं २०८१ असारदेखि परिसरको पुनर्निर्माण सुरु गरिएको हो । हाल मन्दिरसँगै आसपासका पाटी तथा सत्तलको पुनर्निर्माण तथा जीर्णोद्धार भइरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

पुनर्निर्माणका क्रममा मन्दिर परिसरमा रहेका पुराना संरचना, शिल्प तथा वास्तुशैलीको अभिलेखन गर्ने जिम्मेवारी पुरातत्त्व विभागले लिएको छ ।

मन्दिर परिसरको निर्माण तुल्सी–अम्बुजा जेभीले गर्दैछ । रु ३४ करोड ८० लाख ७१ हजारको लागतमा पुनर्निर्माणको जिम्मेवारी पाएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको परियोजनाअन्तर्गत मुख्य मन्दिरका साथै पश्चिम, उत्तर र दक्षिणतर्फ रहेका पाटी तथा सत्तललगायत संरचनाको पुनर्निर्माण भइरहेको छ ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर रवीन्द्र रिजालका अनुसार पुनर्निर्माणमा कुँदिएका बुट्टेदार ढोका, झ्याल तथा थाम प्रयोग गरिनेछ भने छानोमा परम्परागत झिँगटी राखिनेछ । उत्तरतर्फ भृकुटीमण्डप क्षेत्रमा दुईवटा ब्लक आपसमा जोडिने तथा दक्षिणतर्फ तीनवटा ब्लक निर्माण हुनेछन् । निर्माण हुने सबै भवनको कुल क्षेत्रफल करिब ३९ हजार वर्गफिट रहने जनाइएको छ ।

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण महानगरपालिकाको पूर्वाधार विकासको काम मात्र नभई सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र निरन्तरतासँग जोडिएको महत्त्वपूर्ण कार्य भएको बताइन ।

पुनर्निर्माणलाई व्यवस्थित र सहजीकरण गर्न सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतको संयोजकत्वमा मन्दिर पुनर्निर्माण सहजीकरण समिति गठन गरिएको छ ।

समितिमा वडा नं ११ का अध्यक्ष हीरालाल तण्डुकार, वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, सहरी विकास आयोजनाका सदस्य बाबुराम भट्टराई, लुमधी भद्रकाली मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर महर्जन, समितिका पूर्वअध्यक्ष गौतम डङ्गोल तथा पुरातत्त्व विभाग र गुठी संस्थानका प्रतिनिधि सदस्य रहेका छन् ।

समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागकी विभागीय प्रमुख कुमारी राई रहेको महानगरपालिकाले जनाएको छ ।

परम्परागत नेवारी वास्तुकला, काठमा कुँदिएका बुट्टा तथा मौलिक निर्माण शैलीलाई संरक्षण गर्दै पुनर्निर्माण भइरहेको भद्रकाली मन्दिर परिसरको काम सम्पन्न भएपछि काठमाडौंको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षणमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  २ : ३२ बजे

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा

गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक

बागमतीमा राप्रपाको समर्थन पाएपछि मुख्यमन्त्रीमा किरण थापामगरको दाबी

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्राडा ढुण्डीराज पौडेल

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा ढुण्डीराज पौडेल