५ भदौ २०८३, शुक्रबार | August 21, 2026

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा रिक्त पदाधिकारी र विभागीय जिम्मेवारीहरू थप गरेको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ९ जना सचिवालय सदस्य थप गर्नुका साथै विभिन्न पदाधिकारी, विभाग प्रमुख र केन्द्रीय सदस्य मनोनयन गरेको हो।

बैठकले शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना र मनिष झालाई सचिवालय सदस्य बनाउने निर्णय गरेको छ।

यसअघि साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले पाँच जनालाई सचिवालय सदस्य मनोनयन गरेको थियो। रास्वपाको विधानअनुसार सभापति रवि लामिछानेले बढीमा ३३ जनासम्मलाई सचिवालय सदस्य मनोनयन गर्न सक्ने व्यवस्था छ।

बैठकले विभिन्न पदाधिकारीको जिम्मेवारीसमेत टुंगो लगाएको छ। जसअनुसार प्रवक्तामा पूर्वमन्त्री जगदीश खरेल, कोषाध्यक्षमा डा। मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरी मनोनित भएका छन्।

त्यस्तै, संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभाग प्रमुखमा परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनाल र अर्थ विभाग प्रमुखमा लीमा अधिकारीलाई जिम्मेवारी दिइएको छ। यस्तै प्रवक्तामा जगदीश खरेल तोकिएका छन् ।

बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा केही नयाँ केन्द्रीय सदस्यसमेत मनोनयन गरेको छ। केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा। मनोहर प्रधान, सुरेन्द्र चौधरी, डा. भक्तबहादुर राई र भूपदेव शाह मनोनित भएका छन्।

रास्वपाले संगठन विस्तारसँगै पार्टीका विभिन्न विभाग तथा पदाधिकारीको जिम्मेवारीसमेत पुनर्संरचना गरेको हो। बैठकबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पद भने अझै पूर्ति हुन बाँकी रहेको छ।

प्रकाशित मिति : ५ भदौ २०८३, शुक्रबार  ३ : १३ बजे

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको

बागमतीका मुख्यमन्त्री थापामगरले आइतबार विश्वासको मत लिने

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले यही भदौ ७

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा

जब एक चिनियाँ व्यक्ति गाउँ फर्किए, बनाए झुर ठाउँलाई ‘पर्यटकीय हब’

गुइयाङ (चीन) । मध्य चीनको हेनान प्रान्तको राजधानी झेङझाउस्थित फक्सकनको

रास्वपाको सचिवालयमा ९ जना थपिए, विभिन्न पदाधिकारी र केन्द्रीय सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको संगठन विस्तार तथा