८ भदौ २०८३, सोमबार | August 24, 2026

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।

सोमबार प्रदेशसभामा भएको मतदानमा उपस्थित ८३ जना प्रदेशसभा सदस्यमध्ये ५७ जनाले मुख्यमन्त्री कार्कीको पक्षमा मतदान गरेका छन्। २२ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरे भने चार जना तटस्थ बसे।

कोशी प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। विश्वासको मत प्राप्त गर्न ४७ सांसदको समर्थन आवश्यक पर्ने अवस्थामा मुख्यमन्त्री कार्कीले आवश्यक बहुमतभन्दा १० मत बढी प्राप्त गरेका हुन्।

नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने अवस्था आएको थियो। कांग्रेसले भदौ ३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कार्कीले पुनः विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा पत्राचार गरेका थिए।

यसअघि एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सत्ता सहकार्य बनेपछि प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण निर्माण भएको थियो। कोशी प्रदेशसभामा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसद छन्। यी दुई दलका सांसदको संख्या मात्रै ५७ पुग्छ, जुन विश्वासको मतका लागि आवश्यक बहुमतभन्दा बढी हो।

यसपटकको मतदानमा मुख्यमन्त्री कार्कीले सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनबाटै विश्वासको मत सुरक्षित गरेका हुन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री कार्कीले यसअघि पनि दुईपटक विश्वासको मत लिइसकेका छन्। संविधानको धारा १६८ को उपधारा ९५० अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाख ३१ गते पहिलोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने पाँच जना तटस्थ बसेका थिए।

त्यसपछि सत्ता समीकरण परिवर्तन भई एमाले र नेपाली कांग्रेसबीच सहकार्य बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रोपटक विश्वासको मत लिएका थिए। त्यसबेला ८३ सांसद मतदान प्रक्रियामा सहभागी भएकोमा कार्कीको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो।

कांग्रेसले समर्थन फिर्ता लिएपछि कार्कीले तेस्रोपटक विश्वासको मत लिनुपरेको हो। यसअघि प्रकाशित विवरणअनुसार ९२ सदस्यीय प्रदेशसभामा एमालेका ४०, नेपाली कम्युनिस्ट पार्टीका १७, कांग्रेसका २९, राप्रपाका पाँच र जनता समाजवादी पार्टीका एक सांसद छन्। राप्रपाका पाँचमध्ये एक जना सभामुख छन्।

आजको मतदानसँगै मुख्यमन्त्री कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई तत्कालका लागि राजनीतिक निरन्तरता मिलेको छ।

प्रकाशित मिति : ८ भदौ २०८३, सोमबार  ४ : ५३ बजे

निजी क्षेत्रका समस्या समाधान गर्न र लगानी सहजीकरणका लागि सुझाव माग

काठमाडौं । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले निजी क्षेत्रका समस्या समाधान

कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत

बागमतीका मुख्यमन्त्री थापा मगर विरुद्धको रिटमा कारण देखाऊ आदेश

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिविरुद्ध दायर

स्वस्थ बुढ्यौली र हजुरआमाको सम्मानका लागि ‘दौडिन्छिन् हजुरआमा’

नेपालगन्ज । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति

गरिमा हत्या प्रकरणमा राज्य संवेदनशील नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपीन आचार्यले