३१ आश्विन २०८३, शनिबार | October 17, 2026

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम



जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यान्वयन एकाइ सुर्खेतले चालु आर्थिक वर्षमा जुम्लासहित कर्णालीका नौ जिल्लामा उक्त कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

जुम्लाको हिमाली, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा फलफूल बगैँचा स्थापना कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत रुकुम पश्चिमको बाँफीकोट, मुसीकोट र सानीभेरी नगरपालिका, सल्यानको सिद्धकुमाख र शारदा नगरपालिका, जाजरकोटको छेडागाड र जुनीचाँदे, दैलेखका नारायण, आठबीस र चामुण्डाबिन्द्रासैनी नगरपालिकामा पनि फलफूल बगैँचा स्थापना गरिने आयोजनाका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायाले जानकारी दिए ।

त्यसैगरी कालीकोटको नरहरिनाथ र शुभकालिका, मुगुको सोरु र खत्याड, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्केचुला गाउँपालिकामा पनि उक्त कार्यक्रम सञ्चालन हुने उनले बताए ।

रुकुमपश्चिम, सल्यान, जाजरकोट र दैलेखमा सुन्तला जातका फलफूल, ओखर तथा चुच्चे ओखरलाई प्राथमिकता दिइनेछ । त्यस्तै कालीकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा स्याउ, ओखर, कागजी बदाम र किवीलगायत फलफूल खेतीलाई प्राथमिकता दिइने आयोजना व्यवस्थापक रोकायाले बताए ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यविधि, २०८३ अनुसार बगैँचा स्थापनाका लागि किसान, कृषि समूह, सहकारी र कृषि उद्यमीलाई ५० प्रतिशत अनुदान प्रदान गरिनेछ ।

फलफूलखेती विस्तार गरी पहाडी तथा हिमाली क्षेत्रमा व्यावसायिक उत्पादन बढाउने, किसानको आम्दानी वृद्धि गर्ने र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको कार्यान्वयन एकाइ सुर्खेतले जनाएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ८ : १५ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा