५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द



जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन् ।

मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७ , बारामा ६३९ , सर्लाहीमा ६३६ , सिरहामा ५५४ , रौतहटमा ५३३ , महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताए । गत आव २०८२/८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दर्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको सूचना अधिकारी महतोले बताए । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरुको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ९ : १८ बजे

आईसीसी विश्वकप छनोटको प्लेअफ नेपालमा हुने

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको प्लेअफ प्रतियोगिता नेपालमा

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु

काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले

तनहुँ हाइड्रोको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

तनहुँ । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’ प्रदर्शन गरिँदै

अस्ट्रेलियाको संसद् भवनमा पहिलोपटक नेपाली चलचित्र ‘एलिफेन्ट इन द फग’

दशैँ टीकाको दोस्रो दिन, आज पनि मान्यजनबाट टीका-जमरा ग्रहण गरिँदै

बुटवल । बडादसैँको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा