९ भदौ २०८३, मंगलबार | August 25, 2026

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मतदान गरेका हुन् ।

१०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । आजको मतदानमा ५८ सांसद सहभागी भएकामा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ५७ मत परेको थियो । एक मत विपक्षमा परेको छ ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (९) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्रीको प्रस्तावको पक्षमा नेकपा एमालेका २४, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ७ सांसदले मतदान गरेका थिए । एमाले, नेकपा र राप्रपाको एकपक्ष गठबन्धनमा बागमतीमा नयाँ सरकार गठन भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित भएका थिए । नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ गरी ४१ सांसदले बैठक बहिष्कार गरेका थिए । राप्रपाका बाँकी पाँच सदस्य बैठकमै उपस्थित भएनन् ।

 

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ८ : ०६ बजे

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको