१० भदौ २०८३, बुधबार | August 26, 2026

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न विपद्को अवस्थाबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बैठक बुधबार बिहान ११ बजे बस्नेछ । बैठकमा बाढीबाट भएको क्षति, खोज तथा उद्धार, राहत तथा प्रभावित क्षेत्रको समग्र अवस्थाबारे छलफल हुने बताइएको छ ।

यसैबीच, प्रधानमन्त्री शाहको निर्देशनमा भोटेकोशी बाढीबाट प्रभावित रसुवाको स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।

बाढी आएलगत्तै सरकारले जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । सम्भावित रूपमा थप प्रभावित हुनसक्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न निरन्तर सूचना प्रवाह भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उद्धार तथा खोजका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय विपद् व्यवस्थापन संयन्त्र परिचालन भएका छन् ।

प्रधानमन्त्री शाहको निर्देशनमा मेडिकल टिमसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रमा पठाइएको छ । निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ ।

यसैबीच, गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकसमेत जारी रहेको छ ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै सरकारले पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

भोटेकोशीमा तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ । बाढीको बहाव तल्लो तटीय क्षेत्रमा समेत बढ्न सक्ने भएकाले सम्बन्धित जिल्लाका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  ११ : १३ बजे

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार

भोटेकोशी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यवथापनका

अफवाहको पछि नलागि उद्धार र राहतमा जुट्न रास्वपा सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवामा

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई प्रचण्डको निर्देशन

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी