१० भदौ २०८३, बुधबार | August 26, 2026

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा



काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुधबार तीन जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दै प्रभावित क्षेत्रमा आवश्यक उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

बैठकमा बाढीबाट भएको क्षतिको समीक्षा गर्दै प्रभावित जिल्लामा आवश्यक सम्पूर्ण काम प्रभावकारी रूपमा अघि बढाउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्ले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित आवश्यक कामका लागि प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा खटिनसमेत निर्देशन दिएको छ ।

सरकारले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतसँगै आवश्यक पूर्वाधार पुनःस्थापना र नागरिकलाई आवश्यक सेवा उपलब्ध गराउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रकाशित मिति : १० भदौ २०८३, बुधबार  २ : २३ बजे

बेपत्ताको खोजी र उद्धारमा सम्पूर्ण शक्ति परिचालन गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

काठमाडौं । चीनको तिब्बततर्फबाट आएको बाढीले व्यापक जनधनको क्षति गरेपछि

रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं । सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई तीन

भोटेकोशी बाढी : क्षति न्यूनीकरणका लागि चिनियाँ समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावितलाई उद्धार

भोटेकोशीको बाढीले धादिङवेशी जाने फुर्केखोलाको पुल बगायो

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीले धादिङ सदरमुकाम धादिङबेँसी

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ