११ भदौ २०८३, बिहिबार | August 27, 2026

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार



काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो ।

त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरु रसुवा र नुवाकोटका लागि रु एक÷एक करोड र धादिङलाई रु ५० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । जसमा चाउचाउ, बिस्कुट, ‘स्लिपिङ ब्याग’, ‘म्याट्रेस’, ब्ल्याङ्केटलगायत छन् । प्रभावित क्षेत्रमा सञ्चार ‘सेट’हरू पनि पठाइएको छ । हेलिकप्टरबाट चार उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि पठाइएको छ ।

प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१ र नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन् ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ८ : २३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि