११ भदौ २०८३, बिहिबार | August 27, 2026

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग



काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार एवं राहतका लागि राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले रु तीन करोड आर्थिक सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल सरकारद्वारा स्थापित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो ।

आज राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समितिका अध्यक्ष डा सुमन दाहालले अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई सहयोगस्वरुप रु तीन करोडको चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिवलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

भोटेकोशीसँगै त्रिशूली नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ । बाढीका कारण कयौँ मानिस हराइरहेका छन् भने प्रभावित अझै पनि उद्धार एवं राहतको पर्खाइमा रहेका छन् ।

बाढीबाट प्रभावित परिवारलाई राहत, खाद्यान्न, अस्थायी आश्रय तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त सहयोग प्रदान गरेको जनाएको छ ।

अकल्पनीय विपद्का कारण ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकप्रति राष्ट्रिय वाणिज्य बैङ्क परिवारले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ । साथै, सम्पर्कविहीन र घाइतेहरूको उद्धार तथा शीघ्र उपचारको कामना गर्दै प्रभावित समुदायप्रति बैङ्कले गहिरो समवेदना व्यक्त गरेको छ । बैङ्कले विगतमा पनि राष्ट्रिय विपदका घटनाबाट प्रभावितहरुलाई राहत उद्धार र पुनस्र्थापनाका लागि आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ११ भदौ २०८३, बिहिबार  ९ : २७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि