१३ भदौ २०८३, शनिबार | August 29, 2026

रवीन्द्र ढाँट रोड टू यूएफसीको फाइनलमा



काठमाडौं । नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन-५ को फाइनलमा प्रवेश गरेका छन् ।

चीनको संघाइ इन्डोर रंगशालामा शुक्रबार सम्पन्न बेन्टमवेट विधाको सेमिफाइनलमा ढाँटले न्युजिल्यान्डका कासिब मर्डोचलाई स्प्लिट डिसिजनका आधारमा पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

ढाँटसँग पराजित भएसँगै मर्डोचको लगातार आठ खेलसम्मको अपराजित यात्रा टुंगिएको छ ।

अब फाइनलमा ढाँटले जापानका रियो ताजिमासँग प्रतिस्पर्धा गर्नेछन् । ताजिमाले सेमिफाइनलमा भारतका चुंगरेन कोरेनलाई युनानिमस डिसिजनका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

फाइनलमा ताजिमालाई पराजित गर्न सके ढाँटले रोड टू यूएफसी सिजन-५ को उपाधिसँगै विश्वकै चर्चित एमएमए संस्था यूएफसीसँग करार पाउनेछन् ।

नेपाली खेलाडीका लागि यूएफसीमा प्रवेशको सम्भावना बोकेको ढाँटको फाइनल भिडन्तलाई नेपाली खेलप्रेमीले विशेष चासोका साथ हेरिरहेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०८३, शुक्रबार  ६ : ०३ बजे

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा पाँच अर्बभन्दा बढी सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

आइएमई ग्रुपले गर्यो बाढी प्रभावितको सहयोग राहत कोषमा १० करोड सहयोग

काठमाडौ । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण