काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः०० बजे सम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि भएको छ । बिभिन्न जिल्लाबाट शव फेला परेसँगै बाढीमा परेर ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
जसमध्ये रसुवामा १३ जना, नुवाकोटमा ३८ जना, धादिङमा ४० जना, चितवनमा २ सय २२ जना, गोरखामा ४७ जना, तनहुँमा ३१ जना, नवलपरासी पूर्वमा १ सय ३४ जना र नवलपरासी पश्चिम २८ जना गरी ५ सय ५३ जनाको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।
















प्रतिक्रिया