१३ भदौ २०८३, शनिबार | August 29, 2026

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा



काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । नेपाल प्रहरीका अनुसार धादिङको बैरेनी बजारको करिब एक किलोमिटर सडकखण्डमा भने अझै एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएपछि शुक्रबार पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको थियो । शनिबार बिहानदेखि सडकमा अलपत्र अवस्थामा रहेका अन्य सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

बैरेनी बजार क्षेत्रमा सडक अझै एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेकाले सवारीसाधनको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै चालकलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ८ : ३९ बजे

राहतमा दोहोरोपन रोक्न काठमाडौं प्रशासनको एकद्वार प्रणाली

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका

भोटेकोशीमा बाढीको जोखिम कायमै

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले

बाढी र लेदो पन्छाएपछि काठमाडौं-मुग्लिन सडक सञ्चालनमा

काठमाडौं । बाढी र लेदोका कारण प्रभावित पृथ्वी राजमार्गअन्तर्गत काठमाडौं-मुग्लिन

नेपाल ‘ए’ भिक्टोरियाविरुद्ध सुखद अन्त्यको खोजीमा

काठमाडौं । अष्ट्रेलियामा जारी तेस्रो संस्करणको टप एण्ड टी-२० सिरिजमा

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा)