१३ भदौ २०८३, शनिबार | August 29, 2026

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान



कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी सहायक हवल्दार दीपेन्द्र विष्टको शव पहिचान भएको छ ।

पाल्पाको तानसेन नगरपालिका–१० घर भई इलाका प्रहरी कार्यालय टिमुरे, रसुवामा कार्यरत ३४ वर्षीय विष्ट बाढीपछि बेपत्ता भएका थिए । बाढीपछि उनको शव गोरखामा फेला परेको हो । शव व्यवस्थापनका लागि पोखरा महानगरपालिका–१० रामघाटस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएकामा शनिबार परिवारले पहिचान गरेर अन्त्येष्टिका लागि घर लगेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार मृतक विष्टका दाजु दीपकबहादुरले शवको सनाखत गरेका हुन् ।

रसुवा बाढीपछि विभिन्न जिल्लामा भेटिएका १०२ शव पोखरा ल्याइएको छ । शनिबार साँझसम्म ५० शवको परीक्षण सकिएको र १२ वटाको पहिचान भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पहिचानका लागि बाढीमा बेपत्ता भएकाहरुका परिवारजन आउने क्रम बढेको छ ।

प्रतिष्ठानमा शव पहिचानका लागि स्क्रिनमा तस्बिर हेर्ने व्यवस्था मिलाइएको छ । प्रतिष्ठानमा शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले शव व्यवस्थापनको काम भइरहेको जानकारी दिए । “हुलियासहितको विवरण हेल्प डेस्कमा राखेर स्क्रिनमा पीडित परिवारले आएर हेर्न सक्ने प्रबन्ध गरेका छौँ”, उनले भने ।

प्रकाशित मिति : १३ भदौ २०८३, शनिबार  ११ : ०८ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ