१४ भदौ २०८३, आइतबार | August 30, 2026

तिब्बत क्षेत्रको बाढी-पहिरोमा २६१ विदेशी नागरिक बेपत्ता, नेपालका १०४ जना



काठमाडौं । तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोमा परी बेपत्ता भएका ५४६ जनामध्ये २६१ जना विभिन्न २३ देशका विदेशी नागरिक रहेको चीनले जनाएको छ।

चिनियाँ टेलिभिजन सीजीटीएनका अनुसार चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापनसम्बन्धी निकायहरूले गरेको संयुक्त छानबिनपछि विदेशी नागरिक बेपत्ता भएको तथ्यांक सार्वजनिक गरिएको हो।

चीन सरकारले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगलाई बेपत्ता नागरिकबारे आधिकारिक जानकारी गराइसकेको जनाएको छ।

सार्वजनिक विवरणअनुसार बेपत्ता हुने विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली छन्। नेपालका १०४ जना बेपत्ता भएको चीनले जनाएको छ। त्यसपछि भारतका ४९, लात्भियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना छन्।

त्यस्तै अस्ट्रेलिया र क्यानडाका ६–६ जना, दक्षिण अफ्रिकाका चार जना तथा मलेसिया, जर्मनी र रुसका तीन–तीन जना बेपत्ता रहेको विवरणमा उल्लेख छ।

आयरल्यान्ड, एस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स र न्युजिल्यान्डका दुई–दुई जना तथा फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हङ्गेरीका एक–एक जना बेपत्ता रहेको चीनले जनाएको छ।

चीन सरकारका अनुसार बाढी तथा पहिरोमा परी हालसम्म १६ जनाको मृत्यु भएको छ।

सञ्चार सम्पर्क विच्छेद हुनुका साथै हिमाली क्षेत्रमा सडक तथा यातायात संरचना क्षतिग्रस्त भएकाले खोज तथा उद्धार कार्यमा कठिनाइ भइरहेको चिनियाँ अधिकारीहरूले बताएका छन्।

उद्धार कार्यलाई तीव्र बनाउन ड्रोन प्रविधिको प्रयोग गर्नुका साथै विशेष उद्धार टोली परिचालन गरिएको छ। चिनियाँ अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा रातदिन खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ८ : ५९ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो