१४ भदौ २०८३, आइतबार | August 30, 2026

कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध



धादिङ । धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।

बागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेका अनुसार कृष्णभीरमा सडक भासिएपछि दुवैतर्फको यातायात आवागमन पूर्णरूपमा रोकिएको हो ।

सडक अवरुद्ध भएपछि मुग्लिनतर्फ जाने तथा काठमाडौं आउने-जाने सवारीसाधन प्रभावित भएका छन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यात्रु तथा सवारी चालकलाई सडकको अवस्था सामान्य नभएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न वा यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ९ : ०१ बजे

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज

भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

काठमाडौँ । भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा

भोटेकोशी बाढी अपडेट : ७३४ जनाको मृत्यु, २४९८ सम्पर्कविहीन र ८,१८६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो