१४ भदौ २०८३, आइतबार | August 30, 2026

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

चार सुरुङ उद्धार विज्ञ पनि आए



काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका लागि ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ।

राहत सामग्री लिएर चिनियाँ जनमुक्ति सेना (पीएलए) वायुसेनाका दुईवटा वाई–२० कार्गो विमान आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका ती विमान करिब तीन घण्टाको उडानपछि बिहान करिब ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

नेपालस्थित चिनियाँ दूतावासका अनुसार विमानमार्फत १३ हजार २०० थान आपत्कालीन राहत सामग्री नेपाल ल्याइएको छ। राहत सामग्रीमा त्रिपाल, कम्बल, स्लिपिङ ब्याग, हार्ड ट्याक (ड्राइफुडरबिस्कुट) र प्राथमिक उपचार किटलगायत सामग्री छन्।

काठमाडौं विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उक्त राहत सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्। कार्यक्रममा प्रतिनिधिसभा सदस्य धर्म केसी पनि उपस्थित थिए।

राहत सामग्रीसँगै चीनले चार जना सुरुङ उद्धार विशेषज्ञ पनि नेपाल पठाएको छ। उनीहरू आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका हुन्। चिनियाँ उद्धार विशेषज्ञलाई कार्यक्रममा स्वागतसमेत गरिएको दूतावासले जनाएको छ।

नेपाल–चीन सीमा क्षेत्रलगायत देशका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी तथा पहिरोपछि उद्धार र राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले आपत्कालीन सहायता सामग्री र विशेषज्ञ टोली नेपाल पठाएको हो।

चिनियाँ दूतावासका अनुसार नेपाल सरकारसँगको समन्वयमा उक्त राहत सामग्री विपद् प्रभावित क्षेत्रमा परिचालन गरिनेछ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ११ : ०३ बजे

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा

सुरुङ उद्धारमा विदेशी सहयोग लिन सरकार हिचकिचाउन हुँदैन : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले

नदीमा पानीको बहाब बढ्दा माथिल्लो त्रिशूली-३ ‘ए’को सुरुङमा फसेकाको उद्धार थप चुनौतीपूर्ण

काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका

चीनद्वारा नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री हस्तान्तरण

काठमाडौं । चीन सरकारले बाढी तथा पहिरोबाट प्रभावित नेपालका नागरिकका

त्रिशूली–३ ‘बी’ को आयोजनास्थलमा खोज तथा उद्धार सुरु

काठमाडौं । भोटेकोशीे बाढीबाट प्रभावित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनास्थलमा खोज