५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

रास्वपा सभापति लामिछाने र बागमतीका मुख्यमन्त्री थापाबीच भेटवार्ता



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ ।

रास्वापाको पार्टी कार्यालय बनस्थलीमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम कारबाही सम्बन्धमा छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।

सो अवसरमा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिएका थिए । उनले यति बेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको उल्लेख गरे ।

सभापति लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसैगरी मुख्यमन्त्री थापाले विपद्को उद्धार र राहतमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्दै प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको बताए । उनले प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकामा दुःख व्यक्त गर्दै तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेकामा जोड दिए ।

प्रभावित क्षेत्रमा उचित राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको मुख्यमन्त्री थापाको भनाइ थियो । साथै उनले बाढीको असर लामो भएकाले खोला किनारका बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ५ : ३३ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको