१५ भदौ २०८३, सोमबार | August 31, 2026

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत



चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका २७२ वटा शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्म त्रिशूली तथा नारायणी नदी किनारमा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवमध्ये हालसम्म १२ जनाको मात्र सनाखत भएको छ। सनाखत भएका शव आफन्तलाई बुझाइएको छ ।

सनाखत हुन नसकेका शवलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट सुरक्षित राख्न थालिएको प्रहरीले जनाएको छ । त्यसका लागि शवहरूलाई देवघाटमा सुरक्षित व्यवस्थापन गरिएको छ ।

प्रहरीका अनुसार नदी किनारमा फेला परेका २७२ शवमध्ये ६२ महिला, ११० पुरुष, सात बालक, छ बालिका तथा ८७ जनाको पहिचान खुल्न सकेको छैन ।

फेला परेका शवमध्ये शनिवार ९६ र आइतवार १०३ गरी १९९ शवलाई सुरक्षित रूपमा गाडिएको प्रहरीले जनाएको छ ।

यसैगरी, सनाखत भई आफन्तले बुझेका १२ शवमध्ये ११ पुरुष र एक बालिका रहेका छन् ।

बाढीका कारण ठूलो जनधनको क्षति भएपछि त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शव खोजी तथा व्यवस्थापनको काम अझै जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ८ : ५८ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत