१५ भदौ २०८३, सोमबार | August 31, 2026

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध



काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएर यातायात तथा मानिसको आवतजावतसमेत पूर्ण रूपमा बन्द भएको छ ।

त्यस्तै, धादिङकै गजुरी गाउँपालिका-२ स्थित परेवा भीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण मुगुबाट गमगढीतर्फ जाने सडकसमेत अवरुद्ध भएको छ । ओखलढुङ्गामा सिद्धिचरण लोकमार्गअन्तर्गत मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ जोड्ने सडक पनि अवरुद्ध भएको छ ।

यसैगरी, लमजुङको मर्स्याङ्दी गाउँपालिका-४ श्रीचौरस्थित बेँसीसहर-मनाङ सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

लगातारको वर्षा र बाढीका कारण सडक भासिने तथा पहिरो खस्ने क्रम बढेकाले विभिन्न स्थानमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  ९ : २८ बजे

बाढीले विद्यालय मेटायो, बचेको बसमा पनि तोडफोड

नुवाकोट । विनाशकारी बाढीले भौतिक संरचना ध्वस्त बनाएको नुवाकोटको ऐतिहासिक

अविरल वर्षा र बाढीपछि देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । भोटेकोशी बाढी तथा अविरल वर्षाका कारण पहिरो खस्दा

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको

भोटेकोशी बाढी : त्रिशूली र नारायणी किनारमा २७२ शव फेला, १२ जनाको मात्र सनाखत

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बगेर आएका

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत