१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

बाढी-पहिरोले तीन प्रदेशका मुख्य राजमार्ग प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै समयगत प्रतिबन्ध



काठमाडौं। बाढी र पहिरोका कारण कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सहायक सडकखण्ड प्रभावित भएका छन् । कतिपय सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केही खण्डमा एकतर्फी र समयगत रूपमा सवारी सञ्चालनको व्यवस्था गरिएको छ ।

नेपाल प्रहरी तथा सडक विभागका अनुसार बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै समयगत रूपमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । उक्त सडकखण्डमा १० टनसम्मका मालवाहक सवारी रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ । मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारीलाई भने तोकिएको समयतालिकाअनुसार सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग बाढी तथा पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि अवरुद्ध छ ।

नुवाकोटका विभिन्न सडकखण्ड तथा पासाङल्हामु सडकमा समेत यातायात प्रभावित भएको छ । पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सोही गाउँपालिकाका अन्य केही स्थानमा भने सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा मर्मत कार्य भइरहेकाले सवारीको चापअनुसार पालैपालो एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ ।

यस्तै, कोशी प्रदेशको पाँचथरमा फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्य भइरहेकाले यातायात प्रभावित भएको छ । उक्त सडकखण्डमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने ठूला सवारीका लागि पनि निश्चित समय तोकेर सडक बन्द गर्ने गरिएको सडक विभागले जनाएको छ ।

लगातारको वर्षाका कारण सडकमा थप क्षति तथा पहिरोको जोखिम रहेकाले यात्रुले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्था बुझ्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  ९ : १८ बजे

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको

बाढीपहिरोबाट म्याग्दी मङ्गलाका १६६ परिवार प्रभावित

म्याग्दी । बाढीपहिरोबाट मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन्

तोलामा ८ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो गिरावट

रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका