१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बेत्रावतीमा बाढीले पुरिएको घरभित्र २२ जनाको शव भेटियो



नुवाकोट । नुवाकोटको विदुर नगरपालिका-१०, बेत्रावतीमा बाढीले पुरिएको एउटै घरभित्र २२ जनाको शव भेटिएको छ । सुरक्षाकर्मीको टोलीले सोमबार उक्त घरबाट ६ वटा शव निकालेको छ भने बाँकी १६ शव मंगलबार निकालिने जनाइएको छ ।

गत बुधबार बिहान रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावती बजारमा ठूलो क्षति पुर्‍याएको थियो । बाढी आएको छैटौँ दिनपछि सोमबार खोजी तथा उद्धारका क्रममा लेदोले पुरिएको घरभित्र एकै ठाउँमा २२ जनाको शव भेटिएको हो ।

बाढीका बेला ती मानिस उक्त घरमा भेला भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । भेटिएका शवहरू पहिचान गर्न नसकिने अवस्थामा रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बेत्रावतीमा बाढीले पुरिएको घरभित्र ठूलो संख्यामा शव भेटिएको पुष्टि गरेका छन् । उनका अनुसार सोमबार केही शव निकालिएको र बाँकी शव निकाल्ने तथा संकलन गर्ने काम मंगलबार गरिनेछ ।

यसअघि बेत्रावतीका पत्रकार लक्ष्मण डंगोलले उक्त घरमा तत्काल खोजी गर्न माग गरेका थिए । उनले प्रमुख जिल्ला अधिकारीदेखि प्रधानमन्त्रीसम्मलाई उद्धार तथा खोजीका लागि आग्रह गरे पनि समयमै सुनुवाइ नभएको बताएका छन् ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  ७ : ५७ बजे

भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौं । विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य

रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ । जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र