१६ भदौ २०८३, मंगलबार | September 1, 2026

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु



रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि दक्षिण कोरियाबाट आएको उद्धार टोली रसुवाको धुञ्चे पुगेको छ ।

नेपाल सरकारको अनुरोधमा दक्षिण कोरियाली उद्धार टोली मंगलबारदेखि बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा खटिएको हो । टोलीले आजैदेखि भोटेकोसी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारको काम सुरु गर्ने जनाएको छ ।

बाढीपछि सम्पर्कविहीन रहेका दक्षिण कोरियाली नागरिकहरूको खोजीलाई पनि टोलीले प्राथमिकतामा राख्नेछ । बाढीपछि रसुवामा दक्षिण कोरियाका ९ जना नागरिक सम्पर्कविहीन रहेको जनाइएको छ ।

उद्धार टोलीले स्थानीय नेपाली सुरक्षाकर्मी तथा उद्धारमा संलग्न अन्य निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन गर्नेछ ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  १२ : ५८ बजे

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा

दक्षिण कोरियाली उद्धार टोली धुञ्चेमा, आजदेखि खोज तथा उद्धार सुरु

रसुवा । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज

प्रतिनिधिसभाको बैठक भोलि बस्ने, महाविपद्बारे छलफल हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (१७ भदौ) दिउँसो १ बजे