१६ भदौ २०८३, मंगलबार | September 1, 2026

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता



काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म देशका विभिन्न स्थानमा गरी ९८७ जनाको शव फेला परेको हो।

चितवनमा मात्र मानव अङ्गसहित ३२१ जनाको शव फेला परेको छ। यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा २१६, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव भेटिएको छ।

विनाशकारी बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, विभिन्न जलविद्युत् आयोजना तथा भन्सार कार्यालयका कर्मचारीहरू रहेका छन्। साथै ५८३ जना विदेशी नागरिक र उनीहरूसँगै भ्रमणमा गएका १६४ जना नेपाली पर्यटकसमेत सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ८१४ जनाको सकुशल उद्धार गरिएको छ। घटनामा २७९ जना घाइते भएकोमा १६८ जना उपचारपश्चात् अस्पतालबाट ‘डिस्चार्ज’ भइसकेका छन्।

भदौ १० गते बिहान आएको बाढीका कारण विशेषगरी रसुवा र नुवाकोटलगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति : १६ भदौ २०८३, मंगलबार  २ : ११ बजे

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा