१७ भदौ २०८३, बुधबार | September 2, 2026

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

‘सेना परिचालन भयो, जनपरिचालन भएन'



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट उत्पन्न संकट समाधानका लागि सरकारका सबै संयन्त्र परिचालन गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विपद् व्यवस्थापनमा केन्द्र सरकारसँगै प्रदेश र स्थानीय सरकारलाई समेत प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने बताए। उनले संकटको समयमा अन्तर्राष्ट्रिय सहयोगसमेत आवश्यक रहेको उल्लेख गरे।

बाढीपछि सरकारले सेना परिचालनमा मात्र जोड दिएको तर व्यापक जनपरिचालन गर्न नसकेको उनको आरोप थियो।

‘सेना परिचालन भयो, जनपरिचालन भएन,’ उनले भने, ‘जनपरिचालन नहुँदासम्म यो समस्याको वास्तविक समाधान गर्न असम्भवजस्तै हुन्छ।’

प्रचण्डले भोटेकोसी–त्रिशूली बाढीबाट उत्पन्न संकट सामान्य प्रकृतिको नभएकाले राज्यका सबै निकाय र संयन्त्रलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने बताए। उनले विपद्को सामना गर्न आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत सरकार हिचकिचाउन नहुने धारणा राखे।

उनले संकटको समयमा प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारमा सहकार्य र विनम्रताको अभाव देखिएको टिप्पणी गरे।

प्रधानमन्त्रीले संसद्मा आएर विपद्को अवस्थाबारे ब्रिफिङ गरे पनि प्रतिपक्षीसँग संवाद र सहकार्यको वातावरण बनाउन पहल नगरेको उनको गुनासो थियो।

‘प्रधानमन्त्रीजी यहाँ आएर ब्रिफिङ गर्नुभयो । त्यसका लागि धन्यवाद । तर, यहाँ बोल्नुभयो, हिँड्नुभयो, उहाँले हाम्रो मुखसमेत हेर्न चाहनुभएन,’ प्रचण्डले भने, ‘यस्तै व्यवहारले सहकार्य हुनसक्छरु’

प्रचण्डले विपद्को समयमा सरकार र प्रतिपक्षबीच सहकार्य आवश्यक रहेको बताए। संकट समाधानका लागि राजनीतिक दल, जनप्रतिनिधि, सुरक्षा निकाय, स्थानीय समुदायलगायत सबै पक्षलाई एउटै उद्देश्यका साथ परिचालन गर्नुपर्ने उनको भनाइ थियो।

सरकारले आफ्ना धारणा र गतिविधिबारे सामाजिक सञ्जालमार्फत जानकारी दिने गरेकोप्रति पनि उनले प्रश्न उठाए।

‘तपाईंहरू बोल्नुपर्ने कुरा सामाजिक सञ्जालबाट भन्दै हुनुहुन्छ,’ उनले भने, ‘सामाजिक सञ्जालबाट तपाईंहरूले चुनाव त जित्नुभयो, यो संकटबाट पार लगाउन सक्नुहुन्न।’

उनले सामाजिक सञ्जालमा प्रचार गर्नुभन्दा विपद् प्रभावित क्षेत्रमा प्रत्यक्ष रूपमा राज्यको उपस्थिति देखाउन सरकारलाई आग्रह गरे।

प्रचण्डले संकटको घडीमा आफ्नो पार्टी सरकारको साथमा रहेको स्पष्ट पार्दै प्रभावकारी उद्धार, राहत र पुनःस्थापनाका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए।

उनका अनुसार भोटेकोसी–त्रिशूली बाढीबाट उत्पन्न संकट समाधान गर्न केन्द्र, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक छ। साथै, आवश्यक स्रोत, साधन र विज्ञता जुटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग परिचालन गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  ३ : १५ बजे

काठमाडौँ–हेटौँडा जोड्ने वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मत पारित

काठमाडौं । प्रतिनिधिसभाले रसुवासहित विभिन्न जिल्लामा ठूलो जनधनको क्षति हुने

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संकटबाट पार लगाउन सामाजिक सञ्जालले सक्दैन, सबै संयन्त्र परिचालन गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल

नागरिकको जीवन रक्षा राज्यको पहिलो दायित्व हो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश