१७ भदौ २०८३, बुधबार | September 2, 2026

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार



बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीपछि बर्दियाका १३५ जनाको उद्धार गरिएको छ । तीमध्ये २९ जना घर फर्किसकेका छन् भने दुई जना उपचाररत् छन् ।

जिल्ला प्रशासन कार्यालयका बिपद् फोकल पर्सन लोकप्रसाद ढकालका अनुसार बाँसगढी–२ का नन्दलाल घर्तिको राष्ट्रिय ट्रमा सेन्टर र बारबर्दिया–१ का रामप्रसाद थारुको त्रिवि शिक्षण अस्पताल महराजगञ्ज काठमडौँमा उपचार भइरहेको छ ।

रसुवा गएकामध्ये जिल्लाका अझै ७३ जना सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन रहेका व्यक्तिको खोज तथा उद्धारका लागि रसुवा, नुवाकोट, धाडिङ, गोर्खा, चितवनलगायतका प्रमुख जिल्ला अधिकारीसँग निरन्तर समन्वय गरिरहेको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिए ।

बाढीबाट सम्पर्कविहीन रहेका गुलारिया नगरपालिकाका–२, बाँसगढी नगरपालिकाका १२, राजापुर नगरपालिकाका ११, बारबर्दिया नगरपालिकाका २२, ठाकुरबाबा नगरपालिकाका १०, मधुबन नगरपालिकाका १, गेरुवा गाउँपालिका १४ जना गरी ७३ जना व्यक्ति अझै सम्पर्क विहीन रहेको बिपद् फोकल पर्सन ढकालले जानकारी दिए ।

सम्पर्कविहीन हुनेमध्ये पावर चाइना हाईड्रोपावर, अपर त्रिशूली हाइड्रोपावर, त्रिशूली हाइड्रोपावर, रसुवागढी कन्सट्राक्सन कम्पनी, रसुवा सुरुङ्मार्गमा अधिकांस कामदारका रूपमा काम गर्न गएका व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाबाट रसुवा लागायतका बाढी प्रभावित जिल्लामा कति व्यक्ति काम गर्न गएका थिए भन्ने कुनै यकिन तथ्याङ्क भने छैन ।

प्रकाशित मिति : १७ भदौ २०८३, बुधबार  १० : ५२ बजे

भोटेकोशी बाढी : बर्दियाका १३५ जनाको उद्धार

बर्दिया । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौँ । यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

प्रहरीले मृतक प्रहरीका परिवारलाई तत्कालै १० लाख दिने, प्रधानमन्त्री राहत कोषमा ४० करोड जम्मा गर्ने

काठमाडौं । गते रसुवा भोटेकोशी/त्रिशुली बाढीमा परी दिवंगत प्रहरी कर्मचारीको

भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २०४ पुग्यो

काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार

रुपन्देहीका तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा, रुपन्देहीका