१८ भदौ २०८३, बिहिबार | September 3, 2026

जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो



म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै रहेको पर्वतको जलजला गाउँपालिकामा भूमि समस्या समाधान समिति पर्वतले जग्गा नापजाँच सुरु गरेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने उद्देश्यसहित जलजला गाउँपालिका-३ पर्वत बेनीमा बुधबारदेखि नापजाँच सुरु गरेको हो ।

समितिका अध्यक्ष पनि रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले जग्गा नापजाँचको काम सुरु भएको जानकारी दिए । “वडा र गाउँपालिकाले प्रमाणित गरेका निवेदकको जग्गाको स्थलगत नापजाँच गर्न थालिएको छ,” उनले भने, “अन्य वडा र पालिकामा पनि सो काम अगाडि बढ्छ ।”

आवश्यक प्रतिवेदन तयार पारी जग्गा पहिचान, कित्ताकाट, सार्वजनिक जग्गालाई सरकारबाट व्यक्तिको नाममा दिन स्रेस्ता कायम गरिनेछ । त्यसपछि पालिकामै पुगेर जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने कार्ययोजना बनाइएको छ ।

यसअघिका जिल्ला भूमि आयोगमा रहेका अभिलेख र निवेदनका आधारमा नापजाँचको काम थालिएको हो । एक हजार ८८ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको निवेदन स्थानीय तहबाट प्रमाणीकरण भएर समितिमा आएको नापी कार्यालय पर्वतका प्रमुख नापी अधिकृत दिनेश लामिछानेले बताए ।

“जलजला गाउँपालिकाबाट ३४० जनाको निवेदन प्रमाणीकरण भएर आएको छ,” उनले भने, “नापजाँचसँगै समितिको कार्यादेश र क्षेत्राधिकार तथा मापदण्डका आधारमा जग्गाधनी प्रमाणपत्र वितरणको तयारी गरिएको छ ।”

नापजाँचपछि विधि, प्रक्रिया र मापदण्डअनुसार दिन मिल्ने जग्गा सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने र नमिल्ने सार्वजनिक जग्गा खाली गरी संरक्षण गरिने जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

स्थानीय यमुना परियारले करिब तीन दशकदेखि बस्दै आएको जग्गाको नापजाँच भएपछि लालपुर्जा पाउने आशा पलाएको बताए । “जग्गाधनी प्रमाणपुर्जाको आशमा निवेदन दिएको वर्षौंपछि नापजाँच सुरु भएकामा खुसी लागेको छ,” उनले भने, “लालपुर्जा पाउने आशा जागेको छ ।”

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ६ : ३८ बजे

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना

काठमाडौं । भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज

भोटेकोशी बाढीमा मधेस प्रदेशका हराइरहेका ३० सम्पर्कमा, १६२ जना अझै सम्पर्कविहीन

जनकपुरधाम । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका

डडुवाका किसान तरकारीखेतीमा : पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउन थाले

म्याग्दी । बेनी नगरपालिका-५ डडुवाकी मनकुमार भण्डारीले यो याममा रु

सम्पर्कविहीन परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

महोत्तरी । बर्दिबास-३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार