१८ भदौ २०८३, बिहिबार | September 3, 2026

भोटेकोशीको भेलले बगाएको स्याफ्रुबेसीको सपना (फोटोफिचर)



काठमाडौं । यी दृश्यहरू रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्रका हुन्, जहाँ केही दिनअघिसम्म चहलपहल, व्यापार–व्यवसाय र पर्यटकको आवागमन हुन्थ्यो। तर, यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले स्याफ्रुबेसीको स्वरूप नै बदलिदिएको छ।

बाढीको उग्र भेलले बस्ती र बजार क्षेत्र हुँदै विनाशको बाटो बनाउँदा कतै घर तथा संरचनाहरू क्षतिग्रस्त भएका छन् भने कतै सडक, पुल र व्यापारिक संरचनाहरूको नामोनिशानसमेत देखिँदैन। कुनै समय हरियाली पहाडको काखमा सुन्दर देखिने स्याफ्रुबेसी अहिले विशाल बगरमा परिणत भएको छ।

तस्बिरहरूमा देखिने भोटेकोशीको धमिलो भेल, नदी किनारमा थुप्रिएको ढुंगा–माटो र पहाडका चिरिएका तथा कटान भएका भागहरूले बाढीको भयावहता प्रस्ट देखाउँछन्। नदीले आफ्नो पुरानो धारभन्दा निकै फराकिलो क्षेत्र ओगटेको छ। बाढीले ल्याएको ढुंगा, गेग्रान र माटोले बजार क्षेत्रलाई छोपिदिँदा यहाँको पुरानो भूगोल नै पहिचान गर्न कठिन भएको छ।

स्याफ्रुबेसी केवल एउटा बजार थिएन। यो रसुवाको व्यापारिक गतिविधि, स्थानीय जनजीवन र पर्यटनको महत्वपूर्ण केन्द्र थियो। लाङटाङ तथा उत्तरी रसुवातर्फ जाने पर्यटकका लागि स्याफ्रुबेसी प्रवेशद्वारजस्तै थियो। यहाँका होटल, पसल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा निर्भर सयौँ परिवारको जीविकोपार्जन यही बजारसँग जोडिएको थियो।

आज त्यही ठाउँमा मानिसका आवाज र बजारको चहलपहलभन्दा बाढीले छाडेको भग्नावशेष र सुनसान दृश्य देखिन्छ। पहाडको हरियालीबीच बगेको धमिलो नदीले मानौँ स्याफ्रुबेसीको समृद्ध विगत र अनिश्चित भविष्यबीच एउटा गहिरो प्रश्न खडा गरेको छ।

स्याफ्रुबेसी (रसुवा), १८ भदौः
यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगरमा परिणत गरेको रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याफ्रुबेसी बजार क्षेत्र। तस्बिरः घनश्याम श्रेष्ठ/रासस
तस्वीर रासस

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ११ : २० बजे

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को आज बैठक बस्दैछ । प्रधानमन्त्री