३० भदौ २०८३, मंगलबार | September 16, 2026

कृष्णभीरमा पहिरो पन्छाउन रूख कटान सुरु



काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा भासिएको सडक मर्मत तथा पहिरो पन्छाउने काम अघि बढाइएको छ।

रसुवामा बाढी आएको चार दिनपछि भदौ १४ गते भासिएको कृष्णभीरको सडक मर्मत कार्य बिहीबारदेखि अघि बढाइएको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरो पन्छाउनुअघि सडक क्षेत्रमा रहेका रूख कटानको काम सुरु गरिएको छ।

पहिरोको दुवै छेउबाट १८ जना जनशक्ति परिचालन गरी रूख कटान भइरहेको मन्त्रालयले जनाएको छ। रूख कटानको काम सम्पन्न हुनासाथ पहिरो पन्छाउन आवश्यक निर्माण उपकरण परिचालन गरिनेछ। पहिरो हटाउन आवश्यक उपकरण सडकको दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयको भनाइ छ।

राजमार्ग अवरुद्ध भएपछि काठमाडौं उपत्यका आवतजावत गर्ने यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्। वैकल्पिक रूपमा हेटौंडा हुँदै काठमाडौं जोड्ने सडक सञ्चालनमा रहे पनि सबै सवारीसाधनले सोही मार्ग प्रयोग गर्दा त्यहाँ सवारी चाप बढेको छ।

कृष्णभीरको सडक अवरुद्ध हुँदा काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खलासमेत प्रभावित भएको छ। दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या देखिन थालेपछि बजारमा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधिसमेत बढ्न थालेको बताइएको छ।

राजमार्गलाई यथाशीघ्र सञ्चालनमा ल्याउने उद्देश्यले सडक मर्मत तथा पहिरो पन्छाउने कामलाई प्राथमिकतामा राखेर तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १२ : १३ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज