१८ भदौ २०८३, बिहिबार | September 3, 2026

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो



काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का एक्कासि ढलेपछि उपचारका लागि वीर अस्पताल लगिएको छ।

बिहीबार प्रतिनिधिसभाको बैठक जारी रहेका बेला आफ्नो बोल्ने समय सकेर सिटमा बसेका सांसद खड्का अचानक कुर्सीमै ढलेका थिए। संसद् भवनमै उनको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो।

केही समय संसद् भवनमै आराम गराएपछि थप उपचारका लागि उनलाई वीर अस्पताल लगिएको संघीय संसद् सचिवालयले जनाएको छ।

सांसद खड्काले ढल्नुअघि प्रतिनिधिसभा बैठकमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका थिए।

उनले बाढी तथा पहिरोबाट ठूलो मानवीय क्षति भएको र अझै धेरै नागरिक बेपत्ता रहेको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग माग गरेका थिए। डोटीका दीपक महरा र कीर्ति विष्टलगायत बेपत्ता नागरिकको तत्काल खोजी गरी परिवारलाई जानकारी गराउनसमेत उनले आग्रह गरेका थिए।

‘राज्यको पहिलो कर्तव्य आफ्ना नागरिक बचाउनु हो,’ खड्काले संसद् बैठकमा भनेका थिए, ‘नागरिक बचाउनका लागि कुनै पनि मित्र राष्ट्र वा सहयोगी संस्थाहरूबाट लिनुपर्ने सहयोगमा सरकारले हिचकिचाहट देखाउनु हुँदैन।’

विपद्को समयमा उद्धार तथा राहतका लागि विदेशी राष्ट्र वा सहयोगी संस्थाबाट आवश्यक सहयोग लिन सरकारले कुनै संकोच गर्न नहुने उनको भनाइ थियो।

उनले उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। राजनीतिक दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई साथमा लिएर विपद् व्यवस्थापनमा जुट्नसमेत उनले सरकारलाई सुझाव दिएका थिए।

सांसद खड्का संसद् बैठकमा बोलिसकेपछि आफ्नै सिटमा ढलेका हुन्। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण अस्पतालबाट प्राप्त हुन बाँकी छ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  ३ : १९ बजे

मन्त्रिपरिषद्का ७ निर्णय : एडीबीको अनुदान स्वीकार्ने, भदौ २३ गते सार्वजनिक बिदा दिने

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा

भोटेकोशी बाढी र उद्धार प्रयासबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी

नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता