२० भदौ २०८३, शनिबार | September 5, 2026

त्रिशूली-३ ‘ए’ सुरुङभित्र फसेकासँग उद्धारकर्मीको संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो



काठमाडौं । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीका कारण थुनिएको त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका क्रममा शुक्रबार उद्धारकर्मी र सुरुङभित्र रहेका व्यक्तिबीच संवाद भएको छ ।

उद्धार कार्यमा संलग्न टोलीका अनुसार सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धारकर्मीले सुरुङभित्र रहेका व्यक्तिलाई ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको जनाइएको छ ।

नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइरहेको छ । सुरुङभित्र फसेकासँग प्रत्यक्ष संवाद हुनुलाई उद्धारका लागि महत्वपूर्ण र आशाजनक संकेतका रूपमा लिइएको छ ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा ऊर्जा विभाग प्रमुख श्रीराम न्यौपानेले उद्धारमा खटिएको नेपाली सेनाबाट सुरुङभित्र मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको बताएका थिए ।

न्यौपाने बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा आयोजनास्थलमै रहेर खोज तथा उद्धार कार्यमा संलग्न थिए । उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेकाहरूको सकुशल उद्धारको आशा व्यक्त गरेका छन् ।

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि नौ दिनदेखि निरन्तर खोज तथा उद्धार कार्य जारी छ ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ७ : ४० बजे

भगवती जात्राले राष्ट्रिय स्वाभिमान र सांस्कृतिक पहिचान बलियो बनाएको छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाल्पामा मनाइने रणउजीरेश्वरी

बाढीप्रभावित क्षेत्रमा डिएनए नमूना सङ्कलन केन्द्र सञ्चालन

नुवाकोट ।  भोटेकोशी नदीमा आएको बाढीमा परेर हराइरहेका व्यक्तिको पहिचानका

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यक : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन