१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

विपत्ति र चुनौतीका बेला पूर्ण निष्ठाका साथ भूमिका निभाउनु नै श्रीकृष्णले सिकाएको कर्मयोग : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह(वालेन) ले विपत्ति र चुनौतीका बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाएको वास्तविक कर्मयोग भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत कृष्ण जन्माष्टमीको शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीहरु आउने र धैर्य र कर्मको परीक्षा लिने उल्लेख गरेका छन् ।

उनले जन्माष्टमीको पावन अवसरमा सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्तीको कामना समेत गरेका छन् ।

‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन् : यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै श्रीकृष्णले सिकाउनुभएको वास्तविक कर्मयोग हो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा हामी सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस् : हार्दिक शुभकामना !’

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  ७ : ५१ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित

भोटेकोशी बाढी : १ हजार २ सय ८० जनाको शव फेला, उपचाररत २ जनाको मृत्यु

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार बिहान

बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

काभ्रेपलाञ्चोक । केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक

डुम्रे-बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

लमजुङ । डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव