२० भदौ २०८३, शनिबार | September 6, 2026

यी हुन् रसुवा बाढीमा हराएका चितवनका ११ जना



चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका ११ जना बाढीमा हराएका जानकारी प्रहरीमा आएको छ ।

हराइरहेकामा भरतपुर महानगरपालिका-५ तोरीखेतका ४० वर्षीय महेश नेपाली, भरतपुर-१६ फुर्तिचोकका ४० वर्षीय विकासबाबु अधिकारी, खैरहनी नगरपालिका-६ पर्साका ३१ वर्षीय रिकेशकुमार श्रेष्ठ, माडी नगरपालिका-६ कल्याणपुरका ७० वर्षीय कृष्णराज अर्याल, राप्ती नगरपालिका-८ खुर्खुरेका ५१ वर्षीय योगबहादुर खड्का, भरतपुर-२३ जगतपुरका ४१ वर्षीय केशवराज चलिसे, हाल भरतपुर-५ छमुखेचोक बस्दै आएका लमजुङको बेँसीसहर नगरपालिका-१ का २३ वर्षीय सुगम सिलुवाल, रत्ननगर-१२ सालघारीका १४ वर्षीय गेहित सुनार, रत्ननगर-२ का ४६ वर्षीय अर्जुनकान्त थपलिया, माडी-८ फकरेटाकी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र भरतपुर-७ कृष्णपुरका ३६ वर्षीय विक्रम उपाध्याय रहेका छन् ।

यो विवरण हालसम्म प्रहरीमा प्राप्त सूचनाका आधारमा तयार गरिएको डीएसपी यादवले बताए ।

प्रकाशित मिति : २० भदौ २०८३, शनिबार  १ : १३ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ३८ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा